Posts

बजारतिर

मैले देखेसम्म यो बजारमा , ब्यस्तताहरु मातिएर आउँछन् चिप्लिँदै जान्छन् हतारहरु आ–आफ्ना संगीन योजनाहरुको झोला बोकेर कुद्दैछन् , कुद्दैछन् , कुद्दैछन्...। दायाँ बायाँ अघि पछि प्रति एक जनालाई अर्को कुनै प्रति एक जनासँग प्रति दुई सेकेण्डको जोखना बाहेक अर्को कुनै हार्दिक सरोकार छैन ।   अलमलमा परेका कति आँखाहरु आफ्नो अनुहार खोज्दैछन् यहाँ , खोज्दैछ त्यहीँ अर्को एउटा होसियार आँखा तातो खल्तीहरुको अप्रेशन गर्न ।   जुनदिन बजारको बीचमा उभिएको त्यो शालिक ढल्यो , मानिसहरु इतिहास सुँघ्दै थिए वर्तमान निःशुल्क मरिरहेको समयमा “भविष्य भनेको अन्धकार हो... ! ” भन्दै कसैले वान्ता गरेको थियो ।   बजारको एउटा कुनमा निस्फिक्री हुर्किएको यो रुखलाई हेरेर गयो त्यो केटोले जो भरे राति यहाँ आत्महत्या गर्न आउने छ , भर्खर उसकी प्रेमिकाले उसको पवित्र प्रेममाथि दागवत्ति झोसिदिएकी थिई । त्यसैले , यो रुखलाई एकछिन उभिएर हेर्यो त्यो केटोले गलपासो लगाउन कति वित्ता डोरी चाहिन्छ भन्ने अनुमान पनि गर्यो ।   मैले देखेसम्म यो बजारमा , मान्छे छेडेर मान्छेहरु एकलौटि जीतको कामनाले कुण्ठा बोकेर छातिमा कुद्दैछन् , कुद...

Owned By Someone: Remarks on Property Law

Image
 About Book Without property law, there would be no formal legal recognition of ownership. It serves as a manifestation of a society's core choices concerning its economic, political, and societal framework. It assumes a pivotal role in shaping resource allocation and wealth distribution, within the community. This book is crafted with the intention of serving individuals pursuing or contemplating a law degree at the university level. Its utility extends to law students, law teachers, legal professionals, government officials and the individuals with an interest in Property Law.  About Author  Deepak Parajuli, an emerging name in varied domains, is an alumnus-turned-teacher at Prithvi Narayan Campus. Pokhara, his hometown as well as domicile. Besides pursuing a legal profession as a promising advocate, his eloquent literary compositions have found a place of honor within the columns of newspapers, enchanting readers with his artistry. Additionally, Parajuli is celebrated ...

दुःस्वप्न

Image
दीपक पराजुली । भनिन्छ , यस्तो ठाउँमा कुनै बेला पर्दा खुल्ने गर्थ्यो । तर आजकल , प्रकाशको एउटा उज्यालो वृत्त मञ्चको कुनै निर्धारित क्षेत्रमा पोखिने गर्छ । अहिले म त्यही उज्यालो वृत्तको परिधिमा उभिएको छु । कोभिड - १९को फैलँदो प्रकोपलाई रोक्न लकडाउनको घोषणा भएपछि सार्वजनिक सम्मिलन हुने सिनेमाघरदेखि लिएर सबै प्रकारका सभा - समारोह र क्रिडास्थलहरु समेत बन्द भए । यही मेलोमा पोखरा थिएटरको गन्धर्व नाटक घर पनि बन्द भयो । तर अहिले म त्यही नाटक घरभित्र सुटुक्क छिरेको छु । यो नितान्त रित्तो स्टेजमा एउटा प्रस्तुति लिएर उभिएको छु । दर्शकदीर्घामा कुनै दर्शक छैनन् । अँहँ , पटक्कै छैनन् । तपाईँलाई लाग्ला लकडाउनका कारण दर्शक नभएका हुन् । तर यो आधा सत्य मात्र हो । बाँकी सत्य को हो भने , यो प्रस्तुति कुनै पनि किसिमका दर्शकहरुका लागि वर्जित गरिएको छ । केवल तिनले मात्र यहाँ प्रस्तुत हुने दृश्यको दर्शन गर्न सक्छन् , जो द्रष्टा हुन् । स्रष्टाले सिर्जिएको सृजनामाथि केवल अनि केवल द्रष्टाको मात्रै अधिकार हुन्छ , कुनै दर्शकको होइन । र यो नै यस प्रस्तुतिको पहिलो र अन्तिम नियम हो । चिन्ता नलिनुस् , यो प्रस्तुत...

मोह–मुमुक्षा

Image
दीपक पराजुली  तिनताका ऊ प्रायः धर्मदर्शन र अध्यात्मका किताबहरु मात्र पढ्थ्यो । ऊ यस्तै ज्ञान बाँड्ने संगठित संस्थामा आबद्ध थियो । ऊ त्यहाँको जल्दोबल्दो अनुयायी थियो । संस्थाले बाँड्ने ज्ञान बाहेक दुनियाँका सबै धर्मका ग्रन्थहरुप्रति पनि उसको उत्तिकै समभाव थियो ।  त्यस बाहेक पठन मामिलामा उसको रुचिको दोस्रो नम्बरमा इतिहास र सँस्कृति पर्दथे । त्यसमध्येमा पनि इतिहास र सँस्कृतिको ती सन्दर्भहरुमा मात्र उसको चाख रहन्थ्यो जहाँ तन्त्रमन्त्रयन्त्रजस्ता रहस्यमयी कुराहरु जोडिएका हुन्थे । अनि साहित्यिक किताबप्रतिको रुचि कस्तो थियो नि ? भनेर तपाईँले सोध्नुहोला ।  ज्ञान बाँड्ने संस्थामा लाग्नु अघि उसले साहित्यिक किताब नपढेको होइन तर त्यहाँ लागेपछि उसले त्यसलाई व्यर्थ ठानेर त्यागिदियो । ‘किन पढ्नु साहित्य ? के छ र त्यसमा ? छ त केवल तत्व कम र बकवास ज्यादा ।’ उसको मनको कुनमा भन्नुस् वा मस्तिष्कको कुनै विचारवाहिनी केन्द्रमा यस्तो आग्रह बरफ झैँ जमेर बसेको थियो । त्यो आग्रह आध्यात्मिक आदर्शबाट निर्मित थियो । त्यस्तो आदर्शको निर्माणमा त्यही ज्ञान बाँड्ने संस्थाको हात थिय...

के संघीयता फ्लप हुँदैछ ?

Image
-दीपक पराजुली जस्तो कि संयुक्त राज्य अमेरिकाको, स्वीजरल्याण्डको र भारतको संघीयताको इतिहास, मूल्य र चरित्र फरक छन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । यही तथ्य नेपालको संविधानले स्थापित गरेको संघीयतामा पनि लागू हुन्छ । संविधानसभा मार्फत संविधानको निर्माण गर्नु र संविधानमा संघीयतालाई स्थापित गर्नुमा केही मौलिक राजनीतिक कारणहरु छन् । जस्तो, हिंसात्मक विद्रोहको रुपमा रहेको जनयुद्धको शान्तिपूर्ण समाधान गर्न, अबरुद्ध बनेको प्रजातान्त्रिक अभ्यासलाई वैधानिक रुपले सुचारु गर्न, देशको दूरदराजमा कमजोर रहेको राज्यको उपस्थितीलाई सबल बनाउन, राजधानी केन्द्रित शासनको विकल्पमा शक्तिको विकेन्द्रिकरण गर्न तथा सामाजिक न्याय सहित लैङ्गिक, जातीय एवं भेगीय आकांक्षाहरुको सम्बोधन गर्न आदिलाई मुख्य रुपमा लिन सकिन्छ । संविधान निर्माणको क्रममा पहिचान सहितको संघीयता र त्यस्तो पहिचानका आधारहरुका बारेमा पनि बहस नभएका होइनन् । विडम्बना के भइदियो भने, विविधतायुक्त सांस्कृतिक वैशिष्ट्यका बीच न्यायपूर्ण एकताको खोजी गर्ने सन्दर्भमा पहिचानको मुद्दा आएको थियो । तर ‘जातजातलाई राज्य बाँड्ने’ भन्ने यसको गलत व्याख्यानले ...

तीन अद्भुत वचन

Image
-दीपक पराजुली सिद्धार्थलाई मैले आफ्नो आध्यात्मिक विचलनका दिनहरुमा पढेको हुँ । त्यस्तो विचलन अघिको समयमा म उग्र आध्यात्मिक भड्कावबाट ग्रसित थिएँ । सात वर्षदेखि म जुन आध्यामिक लाइनमा दौडिरहेको थिएँ, त्यसमा अचानक उथलपुथल आयो र त्यसले मेरो आध्यात्मिक मनोदशालाई गम्भीर रुपमा विचलित बनाई दिएको थियो । त्यसप्रकारको विचलनलाई पार लगाउने विकल्प, मार्ग वा सूत्र जे भनौँ सोको खोजीमा म लागिपरेको थिएँ । एकदिन पुस्तक पसलमा झुण्डाएर राखिएको सिद्धार्थमाथि मेरो आँखा प¥यो । पुस्तकको आवरणमा बुद्धको अद्र्धमुदित नयनवाला फोटो थियो । त्यस बखत मैले यो सिद्धार्थ गौतमको जीवनमा आधारित बुद्ध वाणीहरुले भरीएको कुनै कथानक किताव हो भन्ठानेको थिएँ । तर पुस्तकको प्रारम्भीक बाक्यले नै सिद्धार्थ शुद्धोधनको पुत्र नभएर कुनै ब्राह्मणको पुत्र भएको जानकारी दियो । पहिलो पटक सिद्धार्थ पढेपछि र आजपर्यन्त पनि एउटा प्रश्न म आफैँलाई गरिरहन मन लाग्छ, त्यो हर्मन हेस्सेले सिद्धार्थ कसरी लेख्न सक्यो होला है ? उसको जरा पश्चिममा थियो । ऊ लहरा फैलाएर पूर्वमा आयो । पूर्वीय अध्यात्म दर्शन र ज्ञान–परम्पराको गहिराईलाई उस...

लोकतन्त्रको गाङनम स्टाइल !

Image
दीपक पराजुली हुन त हाम्रो लोकतन्त्रको मूल्य गौरेजे भनेजस्तो ‘मूर्खहरुको, मूर्खहरुका लागि मुर्खहरुद्वारा गरिने शासन’ होइन कि अब्राहम लिंकनले भने जस्तै ‘जनताको, जनताका लागि जनताद्वारा गरिने शासन’ हुनुपर्ने हो । तर नहुनुपर्ने जो छ त्यो नै यथार्थमा प्रकट भइरहेको छ । आजसम्म जनताले साँचो लोकतन्त्रको अनुभव गर्न नपाउनुको कारण पनि यही हो । दोस्रो जनआन्दोलनले पूर्ण लोकतन्त्रको माग गरेको थियो र राजनीतिक रुपले त्यो स्थापित पनि भयो । तथापि वास्तविक लोकतन्त्रको जो हुनुपर्ने मूल्य थियो कालान्तरमा त्यसलाई जब मूल्यहीन करार गर्ने कामको शुरुवात भयो त्यसले रुपमा मात्र परिवर्तन ल्यायो र सार भने जस्ताको तस्तै रहन गयो । नेपालमा परिवर्तन यसरी नै आयो जस्तो, संवैधानिक राजतन्त्रको ठाउँमा गणतन्त्र । एकात्मक राज्यव्यवस्थाको ठाउँमा संघीयता । हिन्दूराष्ट्रको ठाउँमा धर्मनिरपेक्ष । प्रत्यक्ष निर्वाचन प्रणालीको ठाउँमा समावेशी समानुपातिक व्यवस्थासहितको मिश्रित निर्वाचन प्रणाली । यस्तै यस्तै आदि र इत्यादी अरु पनि । राजनीतिक रुपमा ती स्थापित त भए तर हरेक राजनीतिक आगतको निर्माण गर्ने भूमिकामा रहने र रहनुपर्ने जर...