विश्वकप, सम्झना र सपना कतिपय
✍ दीपक पराजुली जारी विश्वकपका खेलहरू हेर्दै गर्दा मेरो मनमा केही थान सम्झनाहरू सल्बलाउन थाले । हरेक साँझ अनि विदाका दिनमा फुटबलै खेलेर बितेको आफ्नो किशोरकालको याद थप गाढा भएर आयो । बिक्रमाब्द ५० को दशकको त्यो कालखण्ड नेपाली फुटबलको भर्भराउँदो युग थियो भन्न सकिन्छ । त्यो समयलाई फुटबलको जुझारु युग बनाउनमा सबैभन्दा ठूलो योगदान नेपाल टेलिभिजनको थियो भन्छु म । आधुनिकतातर्फ तीब्र गतिमा लम्कँदै गरेको त्यो बेलाको समाजमा सूचना र मनोरञ्जनको लागि सबैभन्दा आकर्षक साधन टेलिभिजन नै थियो । नेटिभीले विश्वकप फुटबलको मात्रै होइन ओलम्पिक फुटबल , एसियन कप , साफ कप लगायत घरेलु प्रतियोगिताहरूलाई प्राथमिकताका दिएर प्रत्यक्ष प्रसारण गर्दथ्यो । जसले विशेषगरी टिभी सुविधा भएका बजारबस्तीका युवाहरूलाई फुटबल खेल्न गहिरो प्रेरणा दियो । ब्राजिलको जादुई कला , अर्जेन्टिनाको जोश , जर्मनीको आक्रमण , इटालीको प्रतिरक्षा , अनि नेपालकै घरेलु टिमहरूको संघर्ष — सबैलाई एउटै स्क्रिनमा हेर्न पाउँदा युवाहरू उत्साहित हुन्थे । त्यसपछि नै टोलटोलमा फुटबल खेल्ने चलन सुरु भयो। हरेक टोलमा नौजवानहरूको ...